हाम्रो यस श्री सरस्वती आधारभुत विद्यालय ले विशेष गरेर वाल केन्द्रित शैक्षिक रानिति,शिक्षक कर्मचारी, प्र.अ., वि.व्या.स., PTA र अभिभावकहरुको एकरुपता साथै विद्यालयको ऐतिहासिक,सामाजिक,भौतिक,आर्थीक र शैक्षिक पक्षको विस्तृत जानकारीका साथै आगामि वर्षमा शैक्षिक सुधार का लागि विभिन्न प्रयासहरु गरिएका छन । दैनिक रुपमा विद्यार्थीहरुको हाजिरी, शिक्षक कर्मचारीको ई हाजिरी लगायत स्वास्थ्य तथा अन्य क्रियाकलापमा सहभागी हुनेगरि कार्यक्रमहरु राखिएका छन । विद्यार्थीहरुको औषत उपलब्धि बढाउन शैक्षिक रणनितिहरु समेत समावेश गरिएका छन जस्ले गर्दा विद्यार्थीहरुको गूणस्तर वृद्धि हुने अपेक्षा राखिएको छ । विद्यालयको भौतिक सुधार का लागि आवश्यक बजेट तर्जुमाको लागि विभिन्न सरोकारवाला निकाय संग समन्वय राखी भौतिक पूर्वाधारको परिपु्र्ती हुनेमा विश्वस्त रहेका छु । विभिन्न लक्ष्य हासिल गर्नका लागि विव्यस,शिक्षक,शिअस र अभिभावकहरुको मुख्य भूमिका रहने गरि कार्यक्रम निर्धारण गरिएको छ ।