हाम्रो विद्यालयको मुख्य लक्ष्य गुणस्तरीय शिक्षा प्रदान गर्नु हो, जसले विद्यार्थीहरूको बौद्धिक, नैतिक, र सामाजिक विकास गर्छ। हामी नवाचारयुक्त शिक्षण विधिहरू अपनाएर उनीहरूलाई सिर्जनशील, अनुशासित, जिम्मेवार र आत्मनिर्भर नागरिक बनाउन प्रतिबद्ध छौं। हाम्रो उद्देश्य केवल पाठ्यक्रमीय ज्ञान दिनु मात्र नभई, जीवनोपयोगी सीप, नेतृत्व क्षमता, नैतिक मूल्य, तथा आधुनिक प्रविधिको प्रयोगद्वारा विद्यार्थीलाई २१औं शताब्दीका चुनौतीहरू सामना गर्न योग्य बनाउनु हो। "शिक्षा नै उज्यालो भविष्यको आधार हो" भन्ने मुल नारालाई आत्मसात गर्दै, हामी विद्यार्थीहरूलाई संस्कार, अनुशासन, परिश्रम र आत्मविश्वासका साथ समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्छौं।
